नेपाली मजदुर एकता समाज मलेसियामा सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति

डिसी नेपाल
२९ साउन २०७७ १६:४५

क्वालालम्पुर । नेपाली मजदुर एकता समाज मलेसिया शाखाको पुनर्गठन भएको छ । पुवर्् अध्यक्ष केन्द्रिय समिति अध्यक्ष तथा महासचिव अभियान्ताको रूपमा संगठन परिचालन गर्नुपर्ने भएको र पूर्व सचिव ब्युरो संयोजक भएसँगै अध्यक्ष,उपाध्यक्ष ,महासचिव सचिव, कोषाध्यक्ष र केहि पदाधिकारी नेपाल फर्किएपछि मलेसिया समिति पदाधिकारी विहिन भएको थियो । पूनगर्ठन भएपछि नयाँ कार्यसमितिको जिम्मेवारी रामप्रसाद सुवेदीले पाएका छन् ।

त्यस्तै अभियान्ता दिलिप भट्टराई (समर्पण) रहेको समाजको मलेसिया समिति प्रमुख संरक्षकमा तेज बहादुर कार्की, संरक्षकमा प्रेम बहादुर शाही )दिलिप) र सल्लाहकार समिति संयोजकमा सिताराम बस्नेतलाई चयन गरिएको छ।

समितिको बरिस्ठ उपाध्यक्षमा अर्जुन सिह अनुरागी, उपाध्यक्षमा इन्द्र कुमार राई, महिला उपाध्यक्षमा गंगा चाम्लिङ राई, महासचिवमा रेश्मा कला राई, सचिवमा सन्तोस फुल्लेल, कोषाध्यक्षमा विशाल श्रेष्ठ र सहकोषाध्यक्षमा दिपक बोहरा चुनिएका छन् । पूर्व वरिष्ठ उपाध्यक्ष अर्जुन सिंह अनुरागीको भने जिम्मेवारी यथावत रहेको छ ।

त्यसैगरी प्रवक्ताको जिम्मेवारी भिम लुहारलाई दिएको छ । त्यस्तै समितिको सदस्यहरुमा अर्पण मगर, प्रेम विष्ट, निर्मल खवास, जीवन नेगी,अमृत परियार र प्रकाश (बन्जारा )सहयात्री) चयन भएका छन् ।

समाजका केन्द्रिय सदस्य तथा प्रस्तावित अध्यक्ष राम प्रसाद सुवेदीको अध्यक्षता तथा मलेसियाका पूर्व अध्यक्ष तथा हाल केन्द्रिय समितिका अध्यक्ष तेज बहादुरका कार्की र प्रमुख अभियान्ता तथा मलेसियाका पूर्व समितिका महासचिव दिलिप भट्टराईको विशेष उपस्थितमा भएको कार्यसमिति बैठकले कार्यसमिति पुनर्गठनसहित नयाँ कार्यसमिति अनुमोदन गरेको हो ।

बैठकमा केन्द्रिय अध्यक्ष तेज बहादुर कार्कीले पुनर्गठित कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै संस्थाको हित विकास र आम श्रमिकका समस्या समाधान गर्न सदैव क्रियासिल रहने विश्वास आफूहरुले लिएको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *