फुटबल खेलसंग सम्बन्धित वेब सिरिज ‘अफ साइड’ सार्वजनिक

डिसी नेपाल
२९ साउन २०७७ १७:४२

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको कारण यति बेला विश्व भरको जनजीवन प्रभावित बनेको छ। नेपालमा पनि कोरोनाको प्रभावले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको छ। मनोरञजन तथा खेल क्षेत्र झन् ठुलो मारमा परेको छ। नेपाली चलचित्र उद्योग र नेपाली खेल क्षेत्र पुरै ठप्प बनेको छ। कोरोना महामारीको बिचमा खेलाडी त्यसमा पनि बिशेष फुटबल खेलसंग सम्बन्धित रहेर वेब सिरिज ‘अफ साइड’निर्माण गरिएको छ। फुटबल खेलका राष्ट्रिय तथा अन्तररास्ट्रिय खेलाडीहरुको समेत अभिनय रहेको वेब सिरिज ‘अफ साइड’ यु ट्युब मार्फत सार्वजनिक भईरहेको छ।

जितेन्द्र राजोपाध्यायले निर्देशन तथा सम्पादन गरेको सिरिजमा सुगन तन्डुकार,सरिता भुजेल,सकल रेग्मी,कमल श्रेष्ठ,आशिक थापा मगर,डिकेस खड्गी,जोन जुनियर,संजय थापा तथा बाल कलाकार समिर तन्डुकारको अभिनय रहेको छ। कार्यकारी निर्माता तथा परिकल्पना सुगन तन्डुकार रहेका छन्। सिरिजमा काजी लिम्बुको कथा,सम्राट बस्नेतको द्वन्द निर्देशन,डोलेन्द्र कटुवालको छायाँकन रहेको छ।

अहिलेको समयमा फुटबल खेलाडीको समस्यालाई कमेडी तथा ब्यंगात्मक रुपमा निर्देशकले देखाउन खोजेका छन। संजिल लामा,जितेन्द्र कार्की र समाइरा तन्डुकार निर्माता रहेको सिरिज अफ साइड नामक यु ट्युब च्यानल मार्फत प्रत्येक बिहिबार सांझ ४ बजे सार्वजनिक भई रहेको छ। पहिलो सिजन अन्तर्गत सिरिज १२ भाग निर्माण गर्ने र भबिस्यमा यस्तै बिषयमा फिचर फिल्म समेत निर्माण गरिने कार्यकारी निर्माता सुगन तन्डुकारले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *