काठमाडौं उपत्यकामा अब फुटपाथ व्यवसाय गर्न नपाइने, भेला हुन पनि प्रतिबन्ध

डिसी नेपाल
३० साउन २०७७ १९:०३

काठमाडौं। उपत्याकामा कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा फुटपाथ व्यवसाय गर्न, जात्रा महोत्सव गर्न, मानिस भेला हुन, विरोध गर्न तथा फुटपाथका पसलहरु खोल्न केही समय प्रतिबन्ध लगाइएको छ। काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

सो बैठकले खुल्ला स्थानमा मानिस जम्मा हुन, भीडभाड गर्न, जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्य पूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धि जमघट लगायतलाई प्रतिबन्ध लगाएको छ।

ेयसअघि सभा गोष्ठी, तालिम, सेमिनार, हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङ पुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा रोक लगाइएको थियो। तर फूटपाथमा पसलहरु सञ्चालनमा आएका थिए।

शुक्रबार बसेको संयुक्त सुरक्षा समितिको बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथ र खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापार व्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित कामदार ओसारपसार तथा टेक वे बाहेक होटल रेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामराज ज्ञावालीले जानकारी दिए। उनका अनुसार टेक वे बाहेका सबै होटल रेष्टुँरा बन्द गर्ने क्रममा अनामनगरबाट बोता रेष्टुराका प्रबन्धक विजय प्रधान पक्राउ परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *