कतारमा इमान्दारीपूर्वक काम गरेवापत चार नेपालीले पाए जनही ५ लाख नगद इनाम
दोहा । कतारको एक प्रतिष्ठत कम्पनी नासर अल अली इन्टरप्राइसेसले आफ्ना चार नेपाली कामदारलाई कम्पनीमा लामो समयसम्म इमान्दारीपूर्वक काम गरेवापत नगद रकम इनाम दिएको छ ।
आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले आफ्ना चार नेपाली कर्मचारी अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहरलाई १० वर्ष लामो सेवा, आफ्नो समर्पण इमान्दारिता तथा उत्कृष्ट काम गरेवापत् प्रत्येकलाई कतारी रियल १५ हजार (नेपाली झण्डै ५ लाख) प्रदान गरी सम्मानित गरेको हो ।
कम्पनीका मालिक नासर अली अल अलीले एक कार्यक्रमकाबीच ती कर्मचारीहरुलाई नगद हस्तान्तरण गरेका थिए । ‘मलाई गर्व लाग्छ कि गत १० बर्षको सेवामा यी कामदारहरुले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत योगदान पुर्याइकाछन्,’कम्पनीका मालिक नासर अली अल अली भन्छन्, ‘उनीहरुको कामको सराहना गर्दै उत्साहको टोकन कम्पनी व्यवस्थापन मार्फत म मेरो प्रत्येक कर्मचारीलाई करी १५ हजार प्रदान गर्दछु । मलाई आशा छ कि मेरा कर्मचारीहरूले अझ बढी सफलताहरू प्राप्त गर्न उनीहरूको बफादारी र प्रतिबद्धतालाई आगामी दिनमा पनि जारी राख्नेछन् ।’
पुरस्कार पाएका उनीहरु २००९ मा नासर अल अली इन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए ।अहिले उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत रहेका छन् ।
उनीहरुले नगद इनाम पाउँदा अत्यन्त खूशी लागेको बताउँदै सो रकम आफना परिवारको भविस्यको लागि लगानी गर्ने बताएका छन् ।
नासर अल अली इन्टरप्राइजेज कम्पनीले एकै दिनमा नेपाल, भारतीय र बंगलादेशलगायतका मुलुका आफना कम्पनीमा कार्यरररत अन्य १० कर्मचारीहरूलाई पनि जुलाई महिनामा उत्कृष्ट उत्कृष्ट काम गरेवापत प्रत्येकलाई १ हजार नगद सहित पुरस्कृत गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment