पोर्चुगलमा नेपाली युवा एक हप्तादेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

डिसी नेपाल
३२ साउन २०७७ १३:५६

काठमाडौँ । युरोपियन मुलुक पोर्चुगलमा एक नेपाली युवा बेपत्ता भएका छन् । पोर्चुगलको लिस्बन नजिकै सान्ता पोलोनियामा बस्दै आएका २७ वर्षीय अभिषेक आचार्य गएको एक हप्तादेखि बेपत्ता भएको एनआरएनए पोर्चुगलले जनाएको छ ।

विगत दुई वर्षदेखि पोर्चुगलमा बस्दै आएका आर्चायको नेपालमा घर सुनसरी हो । सम्पर्कविहीन भएपछि नेपालमा रहेको परिवारले अभिषेकको खोजी गरिदिन एनआरएनए पोर्चुगललाई आग्रह गरेका छन् ।

परिवारको आग्रहमा अहिले संघले अभिषेकको खोजीकार्य सुरु गरेको छ । बेपत्ता अभिषेकको बारेमा संघले स्थानीय प्रहरीमा समेत उजुरी गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *