ईङल्यान्ड पाकिस्तान दोस्रो टेस्ट ‘ड्र’ को संघारमा

डिसी नेपाल
३२ साउन २०७७ २३:२०

काठमाडौं । ईङल्यान्ड र पाकिस्तान बिच जारी ३ टेस्ट सिरीज अन्तर्गतको दोस्रो खेल ‘ड्र’ को संघारमा पुगेको छ । साउथेम्प्टनमा भईरहेको जारी खेलको चौंथो दिन सकिदा सम्म खेल ९६.२ मात्र खेलिएको छ । चौंथो दिनको खेलमा पाकिस्तानले पहिलो पारीमा २३६ रन बनाएको छ । चांैथो दिन आफ्नो पहिलो पारी सुरुवात गरेको ईङल्यान्डले आफ्नो स्कोर बोर्डमा ७ रन जोडदा पहिलो विकेट गुमाई सकेको छ । ईङल्यान्डका डाम सिबली (२) र ज्याक क्राउली (५) रन बनाएर क्रिजमा रहेका छन ।

खराब सुरुवात गरेको ईङल्यान्डले पहिलो पारीमा ओपरन रोरी बर्न्सलाई शुन्य रनमै गुमाएको छ । उनलाई शाहीन अफरीदीले असद शफीकको हातबाट क्याच आउट गराए । चौंथो दिन २२३–९ को स्कोरमा खेल सुरुवात गरेको पाकिस्तानले मोहम्मद रिजवानलाई ७२ रनको ब्यक्तिगत स्कोरमा गुमायो । पाकिस्तानको अन्तिम विकेट स्टुअर्ट ब्राडले लिए । ब्राडले रिजवानलाई ज्याक क्राउलीको हातबाट क्याच आउट गराए ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि विकेट किपर मोहम्मद रिजवानले ७२, आबिद अलीले ६० र बाबर आजमले ४७ रनको पारी खेलेका थिए । रिजवानको आफ्नो टेस्ट करियरकै यो दोस्रो अर्धसतक हो । ईङल्यान्डका लागि तिव्र गतिका बलर स्टुअर्ट ब्राडले ४ तथा जेम्स एन्डरसनले ३ विकेट लिए ।

बर्षाको कारण रोकिएको पहिलो दिनको खेलमा पाकिस्तानले ४५.४ ओभर खेल्दै ५ विकेट गुमाउदै १२६ रन मात्र बनायो । दोस्रो दिनको खेल पनि बर्षाले प्रभावित हुदा पाकिस्तानले ४०.२ ओभर खेल्दै ९ विकेट गुमाएर २२३ रन बनायो । खेलको तेस्रो दिन फेरी बर्षाले दुःख दिदा हुन सकेन । चौथो दिन पाकिस्तानले ५.२ ओभरमा १२ रन बनाउदै आफ्नो अन्तिम विकेट गुमायो ।

पहिलो खेल ३ विकेटले गुमाएको पाकिस्तानले दोस्रो खेलमा एक खेलाडी परिर्वतन गरेको छ । टिममा शादाब खानको ठाँउमा ११ बर्षदेखी टेस्ट खेलीरहेका फवाद आलम मौका दिएपनि उनी खाता नखोलि आउट भए । क्रिस वोक्सले फवादलाई एलबिडब्लुको शिकार बनाए । ईङल्यान्ड टिममा पनि दुई खेलाडी परिर्वतन गरिएको छ । टिममा बेन स्टोक्स र जोफ्रा आर्चरको ठाँउमा ज्याक क्राउली और स्याम करनलाई स्थान दिईएको छ । स्टोक्स पारिवारीक कारण सिरीजबाट बाहिरीएका छन ।

पहिलो खेल हार्दा हार्दे जितको ईङल्यान्डलाई सिरीज जित्ने मौका रहेको छ । ईङलिश टोलीले दोस्रो खेल जितेमा उसले १० बर्षपछि पाकिस्तान बिरुद्व कुनैपनि टेस्ट सिरीज जित्नेछ । ईङल्यान्ड सिरीजमा १–० ले अगाडी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *