दुवै मृगौला फेल भएर उपचाररत नेपाली युवाको इराकमा मृत्यु

डिसी नेपाल
१ भदौ २०७७ १०:३६

कुर्दिस्तान। इराकको कुर्दिस्तानमा एक नेपाली युवाको मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि ३ वर्षअघि आएका मकवानपुरका ३६ वर्षीय दीपक कुमार लामाको आइतबार उपचारको क्रममा अस्पतालमा निधन भएको हो।

लामाको विगत ६ महिनादेखि दुवै मृगौला फेल भएका थिए। डाइलोसिस  गर्दै गर्दा गम्भीर अवस्थामा पुगेपछि उनलाई सकारी अस्पतालमा रिफर गरिएको थियो । सरकारी अस्पातल पुर्‍याइएको केहीदिनमै उनलाई अस्पतालले मृत घोषणा गरेको हो।

लकडाउनको बेलामा बिरामी परेपछि उनी नेपाल फर्किन सकेका थिएनन् । उनको सुरुदेखि निजी अस्पतालमा उपचार भइरहेको थियो । पछि आर्थिक अभाव भएपछि त्यहाँबाट सरकारी अस्पतालमा रिफर गरिएको थियो । बीचमा सामान्य जीवनयापन गरिरहेका लामालाई एक्कासी आकस्मिक उपचारको लागि आइसीयूमा भर्ना गरिएको थियो । अन्तत: उनले आइतबार आइसीयू कक्षमै मृत्युवरण गरे।

लामाको उपचारको सहयोगका लागि नेपाल मगर संघ शाखा कुर्दिस्तान र डिसी नेपालका प्रतिनिधिसमेत रहेका बिनोद श्रेष्ठले आर्थिक अभियान चलाएका थिए। अभियानमा कुर्दिस्तानमा रहेका नेपालीहरुले हातेमालो गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *