राखेप पदाधिकारीको शपथ

डिसी नेपाल
२ भदौ २०७७ ११:०७

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले सोमवार पद तथा गोपनीयताको शपथ लिएका छन ।
त्रिपुरेश्वरस्थित राखेपको हलमा आयोजना गरिएको कार्यक्रममा ६ बोर्ड सदस्यले शपथ लिएका हुन । सपथ लिनेमा इन्दिरा निरौला, रिम रानाभाट, गोविन्द भट्टराई, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र अर्जुन केसी छन । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री एवं राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले शपथ खुवाएका हुन । छ जनालाई नयाँ खेलकूद ऐन, २०७७ अनुसार सरकारले बोर्ड सदस्यमा नियुक्त गरेको थियो ।

निरौला र रानाभाट खेलकूद विज्ञका रुपमा, केसी, सम्पन्न र सुवासलाई राष्ट्रिय खेल सङ्घको सिफारिसमा तथा भट्टराईलाई परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी बोर्ड सदस्यमा मनोनयन गरिएको थियो । उनीहरुलाई मन्त्री विश्वकर्माले गत साउन १५ गते बोर्ड सदस्यमा मनोनयन गरेका थिए । शपथ कार्यक्रमपछि मन्त्री विश्वकर्माले चाँडै नै मनोनयन गर्न बाँकी रहेका बोर्ड सदस्य नियुक्त गरी पूर्णता दिने बताए । नयाँ खेलकूद ऐनअनुसार राखेप ३७ सदस्यीय हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *