पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट वर्षाको कारण ‘ड्र’

डिसी नेपाल
२ भदौ २०७७ १३:५६

काठमाडौं । ईङल्यान्ड स्थित साउथेम्प्टनको रोज बाउल स्टेडियममा जारी पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट खेल ‘ड्र’ भएको छ । खेलको पाँचौं तथा अन्तिम दिन इंग्ल्याण्डले चार विकेटको क्षतिमा ११० रन जोडेर पारी घोषणा गर्दा वर्षाले खेल प्रभाबित भएपछि ‘ड्र’ गरिएको हो ।

पाकिस्तानले आफ्नो पहिलो पारीमा २३६ रनको सामान्य योगफल तयार गरेको थियो । पाकिस्तानको पारीमा विकेटकीपर मोहम्मद रिजवानले सर्वाधिक ७२ तथा आबिद अलीले ६० रनको ब्यक्तिगत् योगदान दिए । साथै बाबर आजम ४७ रन बनाए । इंग्ल्याण्डका लागि स्टुअर्ट ब्रोडले सर्वाधिक चार तथा जेम्स एण्डरसनले तीन, सैम कर्रन र क्रिस वक्सले सामान एक एक विकेट लिए ।

जवाबमा कमजोर सुरुवात गरेको इंग्ल्याण्डले खेलको पहिलो ओभरमै विकेट गुमाएको थियो । शून्य रनमा ओपनर रोरी बन्र्सको रुपमा पहिलो विकेट गुमाएको इंग्ल्याण्डको पारीलाई डम सिब्लीले ३२ तथा जक क्राउलीले ५३ रनको योगदान दिएर केही स्थिरता दिए । ओली पोप नौ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किदा वर्षाले खेल पुनः प्रभाबित हुन गई इंग्ल्याण्डले चार विकेटको क्षतिमा ११० रनमा पारीको घोषणा गर्यो । दुबै कप्तान खेल ‘ड्र’ गर्न सहमत भए । पहिलो टेष्ट खेल जितेको इंग्ल्याण्डले श्रृखंलामा १–० को अग्रता लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *