सीपीएल आजबाट शुरू हुँदै

डिसी नेपाल
२ भदौ २०७७ १४:२४

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट आज (मंगलवार) बाट शुरू हुँदैछ । कोरोनाभाइरसको महामारी देखिएपछि आयोजना हुन लागेको यो पहिलो टी–ट्वान्टी फ्रेन्चाइज लिग हो ।

कोरोनाभाइरसका कारण हाल विश्वभर विभिन्न फ्रेन्चाइज क्रिकेट लिगहरू संचालन हुन सकेका छैनन् । सेप्टेम्बर १० सम्म चल्ने आठौं संस्करणको सीपीएलमा ६ वटा टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

लिगअन्तर्गत कुल ३३ खेल हुँदैछन । तर सबै खेलमा दर्शकको उपस्थितिमाथि प्रतिबन्ध लगाइएको छ । नेपाली स्पीनर सन्दीप लामिछाने आबद्ध टिम जमाइका तलवाजले आफ्नो पहिलो खेल भोलि (बुधवार) सेन्ट लुसिया जुक्ससँग खेल्दैछ ।

सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो। उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सिपिएल खेलेका थिए। सन् २०१९ मा भने सन्दीपले बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *