आईपीएल २०२० को मुख्य प्रायोजक ड्रिम ११

डिसी नेपाल
२ भदौ २०७७ १६:०१

काठमाडौं । आईपीएल २०२० को टाईटल स्पोन्सर को जिम्मा ड्रिम ११ ले पाएको छ । चाईनीज कम्पनी भिभोले १३ औं आईपीएलबाट साथ छोडेपछि ड्रिम ११ ले यो बर्षको टाईटल स्पोन्सर गर्ने जिम्मा पाएको हो ।

आईपीएलको मुख्य प्रायोजकको रेसमा अनएकेडमी, टाटा र बायजू रहेको थियो । अनएकेडमीको बोली २१० करोड़, टाटाको १८० करोड़ र बायजूको १२५ करोड़ भारतीय रुपैया रहेको थियो ।

यसअघि आईपीएलको मुख्य प्रायोजकमा भिभो रहेको थियो । तर भारत र चीन बिचको बिबादका कारण भिभोले आईपीएलको साथ छोडेको थियो । भिभोले २०१८ देखी २०२२ सम्म पाँच बर्षको लागि २१९० करोड (प्रत्येक बर्ष ४४० करोड) भारतीय रुपैयामा आईपीएलको मुख्य प्रायोजकको रुपमा सम्भौता गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *