सीपीएलमा सन्दिप लामिछानेको विजयी सुरुवात

डिसी नेपाल
४ भदौ २०७७ १०:५८

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तल्लावाहले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा जमैका तल्लावाहले सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको छ ।

सेन्ट लुसियाले दिएको १५९ रनको लक्ष्य पछाएको जमैकाले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जमैकाका लागि आसिफ अलीले १७ बलमा अविजित ४७ रन बनाएका थिए । त्यस्तै ग्लेन फिलिपले ४४ रन बनाएका थिए । त्यस्तै कप्तान रोभन पावेलले २६, आन्द्रे रसेलले १६ र कार्लोस ब्रेथवेटले १८ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सेन्ट लुसियाले २० ओभरमा ७ विकेट गुमाउदै १५८ रन बनाएको थियो । सेन्ट लुसियाका लागि रोस्टन चेजले सर्बाधिक ५२ रन बनाए भने नाजिबुल्लाह जद्रानले २५, आन्द्रे फ्लेचरले २२ रन बनाएका थिए । त्यस्तै जमैकाका बलर भेरासामी पेर्माउल र मुजीब उर रहमानले २-२ विकेट लिए भने सन्दीप लामिछाने र आन्द्रे रसेलले १-१ विकेट लिएका थिए ।

नेपाली स्पिनर सन्दीप लामिछानेले यस सिजनको पहिलो खेलमा एक विकेट लिएका छन् । यस सिजनमा जमैका तल्लावाहबाट खेलिरहेका सन्दीपले सेन्ट लुसियाविरुद्धको खेलमा एक विकेट लिएका हुन् । २५ रन बनाएर खेलिरहेका सेन्ट लुसियाका नाजिबुल्लाह जड्रानलाई आउट गरेका हुन् । सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन दिएर एक विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *