बायर्न एघारौं पटक च्याम्पियन्स लिगको फाइनलमा

डिसी नेपाल
४ भदौ २०७७ १४:१७

काठमाडौं । पाँच पटकको च्याम्पियन बायर्न म्यूनिख फेरी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा लियोनलाई पराजित गर्दै बायर्न एघारौं पटक फाइनलमा पुगेको हो ।

बार्सिलोना विरुद्ध कीर्तिमानी जित निकाल्दै सेमिफाइनल पुगेको बायर्नले लियोन विरुद्ध सहज जित निकाल्यो । पहिलो हाफमै दुई गोलको अग्रता लिएको बायर्नले लियोनलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८८औं मिनेटमा गोल गर्दे बायर्नका तर्फबाट लेवान्डोस्की यो सिजनका सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । जर्मन च्याम्पियन बायर्न म्युनिखले अब फ्रेन्च च्याम्पियन पीएसजीसँग युईएफए च्याम्पियन लिगको फाइनल खेल आइतबार राती लिस्वेनमा खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *