जेम्स एन्डरसनले ६ सय विकेट लिए, पारसले दिए बधाई

डिसी नेपाल
९ भदौ २०७७ २१:३७
4
Shares

काठमाडौं। इंग्ल्याण्ड फास्ट बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेटमा ६ विकेट पुरा गरेका छन्। इंग्ल्याण्डको साउथह्याम्पटनमा पाकिस्तान र इंग्ल्याण्डबीचको टेस्ट क्रिकेटको मंगलबार पाँचौ दिन पाकिस्तानी कप्तान अजहर अलीको विकेट लिएसँगै उनले ६ सय विकेट लिए। टेस्ट क्रिकेटमा कुनै पनि फास्ट बलरले लिएको यो सबैभन्दा धेरै विकेट हो। र ६ सय विकेट लिने फास्ट बलर बनेका छन् एन्डरसन्।

समग्रमा टेस्टमा धेरै विकेट लिनेको सूचीमा उनी चौथो नम्बरमा छन्। सबैभन्दा धेरै श्रीलंकाका अफस्पीनर मुथैया मुरलिधरणले ८ सय विकेट लिएका छन्। दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका लेग स्पीनर शेन वार्नले ७०८ विकेट लिएका छन् भने तेस्रो नम्बरमा रहेका भारतका लेग स्पीनर अनील कुम्बेले ६१९ विकेट लिएका छन्। सबैभन्दा धेरै विकेट लिने माथिका तीनै जनाले क्रिकेटबाट सन्यास लिइसकेका छन्। एन्डरसनमात्र ६ विकेट लिएर पनि सक्रिय क्रिकेट खेलिरहेका एकमात्र बलर हुन्। अहिले सक्रिय क्रिकेटर उनको आसपास पनि छैनन्।

एन्डरसले ६ सय विकेट लिएपछि नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले बधाई दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *