नजरबन्दमा रहेका ब्राजिलका फुटबलर रोनाल्डिन्हो रिहा
काठमाडौं । नजरबन्दमा रहेका ब्राजिलका पूर्व स्टार फुटबलर रोनाल्डिन्हो रिहा भएका छन । उनी र उनका भाई पराग्वेमा नक्कली पासपोर्ट लिएर प्रवेश गर्न खोज्दा पक्राउ परेका थिए । पक्राउ परपछि जेलमा रहेका उनी र उनका भाईलाई केही महिना अघि होटलमा नजरबन्दमा राखिएको थियो । पराग्वेका न्यायाधीस गुस्तावो अमरिल्लाले दुई बर्ष जेल सजाय पाएका रोनाल्डिन्हो र उनका भाई रार्बोटो डि आसिस मोरीराको जेल सजाय निलम्बित गर्दे रिहा गर्न आदेश दिएका छन ।
रोनाल्डिन्हो र उनका भाईलाई गत मार्चमा नक्कली पासपोर्ट लिएर पराग्वे प्रवेश गर्दा प्रहरीले पक्राउ गरेको थियो । यी दुई भाई ब्यवसायिक कारणले पराग्वे गएका थिए । उनीहरुलाई पहिला कडा सुरक्षाका बिच पराग्वे जेलमा राखिएको थियो । पछि उनीहरुलाई एक सुविधा सम्पन्न होटलमा नजरबन्दमा राखिएको थियो । यी दुबै भाईहरु अब छिटै ब्राजिल फर्कन पाउनेछन ।
सन २००२ मा ब्राजिल च्याम्पियन हुदा टोलीका सदस्य रहेका रोनाल्डिन्हो बार्सिलोना, मिलान र पीएसजीबाट पनि खेलिसकेका छन । उनले पराग्वेमा नजरबन्द रहने क्रममा नै आफ्नो ४० औं जन्मदिन मनाएका थिए । उनी एक स्थानिय संस्थाको निमन्त्रणामा पराग्वे आएका थिए ।
Ronaldinho flies home to Brazil after Paraguayan judge frees him https://t.co/yUMcPlwsUd
— Citizen TV Kenya (@citizentvkenya) August 26, 2020
Ronaldinho leaves Paraguay after five-month detention https://t.co/KktwF6UCha
— Punch Newspapers (@MobilePunch) August 25, 2020
Facebook Comment