सीपीएलमा सन्दीपको धमाल, ५२ बल बलिंग गर्दा खाएनन् छक्का र चौका
काठमाडौं। क्रिकेटको छोटो प्रारुप टि ट्वान्टी चौका र छक्काको वर्षातका कारण लोकप्रिय छ। टि ट्वान्टी प्रारुपको क्रिकेट आएपछि यो जेन्टल मेन खेलको लोकप्रियता निकै बढेको छ। तर, जसका कारण टि ट्वान्टी चर्चित छ, त्यसलाई नै चुनौति दिएका छन् नेपाली सनसनी सन्दीप लामिछानेले। गुगली बलिंगमा माहिर सन्दीप यतिबेला ट्रिनिडाड एण्ड टोबागोमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा जमैका तलह्जाजका लागि खेलिरहेका छन्।
उनले आफ्नो टिमका लागि सनसनीपूर्ण बलिंग गर्नेक्रममा पछिल्ला ५२ बलमा एक पनि बान्ड्री दिएका छैनन्। वा उनको बलमा कुनै पनि ब्याट्सम्यानले चौका वा छक्का प्रहार गर्न सकेका छैनन्। सन्दीपले निकै कसिलो बलिंग गर्दै ब्याट्सम्यानहरुलाई रन बनाउनबाट रोकिरहेका छन्।
सन्दीपको यो प्रदर्शनले विश्व क्रिकेटमा निकै चर्चा पाएको छ। सन्दीपले खेलेका पछिल्ला दुई खेलमा उनले चौका वा छक्का खएनन्। उनले पछिल्लो पटक ट्रिनिबागोविरुद्धको खेलमा न्यू जील्याण्डका खेलाडी कोलिन मुनरोबाट चौका खाएका थिए। मुनरोले सन्दीपको स्पेलको चौथो ओभरको दोश्रो बलमा चौका प्रहार गरेका थिए। त्यसयता सन्दीपले गुयनाविरुद्धका लगातार दुई खेलमा चौका वा छक्का दिएनन्। सन्दीपले हालसम्म जारी क्यारेबियन लिगमा ४ खेल खेलेका छन्।
जसमा उनले १६ ओभर बलिंग गरेर ५ विकेट लिएका छन् भने जम्मा ७३ रन दिएका छन्। सन्दीप जारी लिगमा सबैभन्दा कम इकोनोमीमा रन दिने तेस्रो खेलाडी हुन्। उनले ४.५६ को इकोनोमीमा रन दिएका छन्। उनीभन्दा अगाडि गुयनाका अशमेड नेड ३.९१ र जमैकाकै मुजिब उर रहमान ४.१८ रहेका छन्।
OUTrageous from Kathmandu’s finest. What a bowler Sandeep Lamichhane is.#CPL20 #CricketPlayedLouder https://t.co/g3IwlDc6Vc
— CPL T20 (@CPL) August 25, 2020
Facebook Comment