ड्वेन ब्रावो टि–२० क्रिकेटमा पाँचसय विकेट लिने पहिलो खेलाडी

डिसी नेपाल
११ भदौ २०७७ ०:००

काठमाडौं । वेस्टईन्डिजका अलराउन्डर ड्वेन ब्रावो टि–२० क्रिकेटमा पाँचसय विकेट लिने पहिलो खेलाडी बनेका छन । बुधवार सीपीएलमा भएको खेलमा उनले राहकीम कार्नवाललाई आउट गर्दे टि–२० क्रिकेटमा ५०० विकेटको माईलस्टोन पुरा गरेका हुन । ब्रावो सीपीएलमा त्रिनबागो नाइट राइडर्स टिमबाट खेलिरहेका छन । उनले सेन्ट लूसिया जुक्स बिरुद्वको खेलमा यो किर्तिमान पुरा गरेका हुन ।

ब्रावोले टि–२० करियरको ४५९ खेलमा यो उपलब्धि पुरा गरेका हुन । ब्रावोको ५०० विकेटको उपलब्धिमा टि–२० अन्तराष्ट्रिय र टि–२० क्लब खेलहरु समावेश रहेको छ । उनले आफ्नो करियरमा ८.२५ को ईकनोमी रेटका साथ बलिङ गर्दे ११ पटक ४ भन्दा बढी विकेट एकै खेलमा लिएका छन । टि–२० क्रिकेटमा श्रीलंकाका लथिस मलिंङा ३८९ विकेटका साथ दोस्रो स्थानमा रहेका छन । तेस्रो स्थानमा वेस्टईन्डिजका सुनील नारायण रहेका छन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *