प्रिमियर लिगका कीर्तिमानी खेलाडीद्वारा सन्यासको घोषणा

डिसी नेपाल
११ भदौ २०७७ २३:४१

काठमाडौं । प्रिमियर लिगमा कीर्तिमानी ६५३ खेल खेलका ३९ बर्षीय मिडफिल्डर ग्यारेथ बेरीले फुटबलबाट सन्यासको घोषणा गरेका छन । पछिल्लो ३ बर्षदेखी बेरी वेस्ट ब्रोमविच एलबियोन क्लबमा आवद्व रहेका थिए । उनले बिहिवार एक टवीट् गर्दे आफ्नो कीर्तिमानी फुटबल करियरबाट बिदाई लिएको घोषणा गरेका हुन ।

उनले ईङल्यान्डका लागि ५३ खेल खेलेका छन । ब्राईटनको युवा टोलीसंग खेलेपछि उनी १९९७ मा एस्टन भिल्लामा आबद्व भएका थिए । एक बर्षपछि उनले १७ बर्षको उमेरमा एस्टनको सिनियर टिमबाट खेलेका थिए । सन २००९ मा म्यान्चेस्टर सिटीसंग आबद्व हुनु अघि उनले एस्टनका लागि ४४१ खेल खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *