दक्षिण अफ्रिकी क्रिकेट कार्यकारी प्रमुख थबाङ बर्खास्त

डिसी नेपाल
१३ भदौ २०७७ १२:४३

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेट सञ्चालक निकाय क्रिकेट साउथ अफ्रिकाले कार्यकारी प्रमुख थबाङ मोरेलाई बर्खास्त गरेको छ । उनलाई खराब आचरणको आरोपमा बर्खास्त गरिएको हो ।

क्रिकेट साउथ अफ्रिकाले घटना छानबीन गर्न गठित स्वतन्त्र समितिको सुझाबको आधारमा उक्त निर्णय लिएको जनाएको छ । खराब आचरणको आरोपमा गत् डिसेम्बर महिनामा थबाङलाई निलम्बर गरिएको थियो । वक्तब्यमा क्रिकेट साउथ अफ्रिकाले बोर्डको प्रतिनिधित्व गर्न पर्याप्त अवसर दिइएपनि उनी असफल भई सदुपयोग गर्न नसकेको जनाएको छ ।

कुगान्ड्रे गोभेन्डरले स्थायी प्रमुख नियुक्त नभएसम्म निमित्तको जिम्मेवारी निर्वाह गरेका छन । गत् डिसेम्बर महिनामा केही सञ्चारकर्मीहरुको सञ्चार अनुमति पत्र रद्द गरिएको थियो । मोरेले क्रिकेट साउथ अफ्रिकाबारे सञ्चारकर्मीको रिर्पोटिङबाट असन्तुष्ट रहेको जनाएका थिए । अनुमति पत्र पछि सदर गरिएपनि क्रिकेट साउथ अफ्रिकालाई कमजोर अवस्थामा पुर्याएको भन्दै मोरेको आलोचना हुँदै आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *