सन्दीपको छैटौँ खेल आज राति

डिसी नेपाल
१३ भदौ २०७७ २२:०६

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत आफ्नो छैटौँ खेल आज राति हुँदैछ । सन्दीपको टोली जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्ससित राति १२ बजे खेल्नेछ ।

दुवै टोली अङ्क तालिकाको पुछारमा छन् । जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा छ भने सेन्ट किट्स अन्तिम स्थानमा छ । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । मैकाले पाँच खेलमा दुई जीत तथा तीन हारका साथ चार अङ्क जोडेको छ । सेन्ट किट्सले पाँच खेलमा एउटा जीत तथा चारमा हारका साथ मात्र दुई अङ्क जोडेको छ । दुवै टोलीसामु अन्तिम चारमा स्थान बनाउनैपर्ने दवाव छ ।

जमैकाको हालसम्मको खेल प्रदर्शन फितलो रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन्। उनले हालसम्म खेलेका पाँच खेलमा सात विकेट लिएका छन् । सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए । उक्त खेलमा उनले चार ओभरमा २३ रन खर्चिनुभएको थियो । यस्तै दोस्रो खेलमा समेत सन्दीपले एक विकेट लिएका थिए । उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा चार ओभरमा ३० रन दिएका थिए । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए । उनले सो खेलमा चार ओभरमा आठ रन मात्र खर्चिए । उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल देखाएका थिए ।

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिए । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा उनले चार ओभरमा मात्र १२ रन खर्चिए। यस्तै पाँचाँै खेलमा दुई विकेट लिएका थिए । बर्बाडोस ट्राइडेन्ससितको खेलमा उनले चार ओभरमा १६ रन दिएका थिए । हालसम्मका खेलेका खेलमा सन्दीपले निकै किफायती बलिङ गर्नुभएको छ । विपक्षी टोलीका खेलाडीले उनको बलमा खासै रन बनाउन सकेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *