एचआइभी/एड्सको उपचार सम्भव ! एचआइभी संक्रमित बिरामी पूरै निको भए !

डिसी नेपाल
१६ भदौ २०७७ १२:५९

काठमाडौं। एचआइभी भाइरसलाई अहिलेसम्म उपचार नहुने भाइरस मानिन्थ्यो । मानव शरीरमा एक पटक एचआइभी भाइरस प्रवेश गरेपछि त्यसको कहिल्यै उपचार हुन सक्दैनथ्यो । केही एन्टिरेट्रोभाइरल औषधि र स्वस्थकर जीवनशैलीले एचआइभी संक्रमितको जीवन केही समय लम्ब्याउन सकिन्थ्यो तर शरीरबाट एचआइभी भाइरस निर्मूल हुन भने कहिल्यै सकेको थिएन । तर, अब भने एचआइभी कहिल्यै निको नहुने भाइरस रहेन । मानव शरीरको रोग प्रतिरोधी क्षमताले एचआइभी भाइरसलाई पूर्ण रुपमा जितेको छ र ती संक्रमित व्यक्ति पूर्ण रुपमा संक्रमण मुक्त अर्थात एचआइभी नेगेटिभ भएका छन् ।

साइन्सन्यूजमा प्रकाशित रिपोर्टअनुसार मानव शरीरको रोग प्रतिरोधी क्षमताले यो प्राणघातक भाइरससँग लडेर यसलाई जितेको हो । यो घटनाले विश्वभरका वैज्ञानिक र डाक्टरहरु आश्चर्यचकित भएका छन् किनकि अहिलेसम्म एचआइभीलाई कुनै पनि उपचार नभएको भाइरस संक्रमण मानिन्थ्यो र यसको संक्रमण भएका हरेक व्यक्तिहरुले ज्यान गुमाएका थिए । यसअघि २ पटकसम्म एचआइभी संक्रमित बिरामीलाई बोन म्यारो प्रत्यारोपण गरेपछि उनीहरुको शरीरमा भाइरसको संख्या तीब्र गतिमा कम भएको थियो र फेरि फर्केर आएको थिएन । तर, शरीरको रोग प्रतिरोधी क्षमताले आफैं भाइरससँग लडेर त्यसलाई पूरै समाप्त पारेको भने यो पहिलो घटना हो ।

यो केस भेटिएपछि डाक्टरहरुले ती बिरामीको शरीरमा रहेका १ अर्ब ५० करोड कोशिकाहरुको जाँच गरे । यी बिरामीलाई इसी २ लाम दिइएको छ । २६ अगष्टमा विज्ञान म्यागजिन नेचरमा प्रकाशित रिपोर्टका अनुसार यी बिरामीको शरीरमा सक्रिय एचआइभी भाइरस छैन । यसको अर्थ यी बिरामी एचआइभीबाट संक्रमित भए र आफैं ठिक भए । एक अर्का बिरामीको पनि जाँच गरिएको छ जसलाई इसी १ लनाम दिइएको छ । यी बिरामीको शरीरका १ अर्ब कोशिकाको जाँच गरियो । उनको शरीरमा एउटा मात्र सक्रिय भाइरस पाइयो । तर, त्यो एउटा भाइरस पनि जेनेटिकली निष्क्रिय भइसकेको छ ।

वैज्ञानिकहरुका अनुसार यी दुई बिरामीको शरीरको जेनेटिक्स यस्तो छ जसका कारण यी दुवैले एचआइभी भाइरसको सक्रियतालाई नष्ट गर्न सक्षम छन् । लामो जाँचपछि वैज्ञानिकहरुले यी दुईलाई एलिट कन्ट्रोलर्स (इसी) नाम दिका हुन् । इलिट कन्ट्रोलर्सको अर्थ ती बिरामहिरु हुन् जसको शरीरमा एचआइभी भाइरस भएर पनि निष्क्रिय भइसकेको छ वा यति कम मात्रामा छ कि त्यसलाई औषधिबिना ठिक गर्न सकिन्छ । यी व्यक्तिहरुको शरीरमा एचआइभीको लक्षण वा त्यसबाट हुने नोक्सानी पनि देखिएको छैन ।

क्यालिफोर्निया विश्वविद्यालयमा एचआइभीका विषयमा शोध गरिरहेकी डाक्टर सत्या दांडेकरका अनुसार यो केही महिना वा वर्षको कुरा जस्तो देखिँदैन । यो निकै लामो समयदेखि विकसित भएको रोग प्रतिरोधी क्षमता जस्तो देखिन्छ । अहिले विश्वभर ३ करोड ५० लाख व्यक्ति एचआइभीबाट संक्रमित छन् । यीमध्ये ९९.५ प्रतिशत बिरामी यस्ता छन् जसलाई दैनिक एन्टिरेट्रोभाइरल औषधि सेवन गर्नुपर्छ । बिना औषधि यो रोगमाथि नियन्त्रण लगभग असम्भव छ ।

सत्याका अनुसार अहिलेसम्म कुनै पनि वैज्ञानिकले एलिट कन्ट्रोलर्सको रोग प्रतिरोधी क्षमता र एचआइभीबीच हुने सुरुवाती संघर्षलाई रेकर्ड गरेका छैनन् । उनले भनिन् ‘हामी सबैले मानव शरीरको रोग प्रतिरोधी क्षमता र यसले एचआइभी भाइरसमाथि गर्ने पहिलो आक्रमणलाई ध्यान दिएनौं । त्यसैले जब कोही व्यक्ति एलिट कन्ट्रोलर घोषित हुन्छ त्यतिबेलासम्म उसले एचआइभीलाई हराइसकेको हुन्छ । वैज्ञानिकहरुले यी दुई एलिट कन्ट्रोलर्सको शरीरमा एचआइभीको कमजोर स्ट्रेनको भाइरस हुन सक्ने पनि मानिरहेका छन् । वैज्ञानिकहरुले ६४ एलिट कन्ट्रोलर्सको शरीरमा एचआइभी संक्रमणको अध्ययन गरेका थिए । यीमध्ये ४१ जनाले नियमित रुपमा एन्टिरेट्रोभाइरल औषधि सेवन गरिरहेका थिए । एसी २ बिरामीले भने कुनै औषधि सेवन गरेका थिएनन् तर उनको शरीरमा एचआइभी निष्क्रिय भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *