एनओसीले सम्पूर्ण ओलम्पियन खेलाडीहरुको कोरोना बिमा गर्ने

डिसी नेपाल
२१ भदौ २०७७ १३:१५

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडीहरुको कोरोना बिमा गर्ने भएको छ । कमिटीको शनिबार बसेको भअर्चुुअल बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, एनओसीका सदस्य तथा कर्मचारीको समेत कोरोना बिमा गर्ने निर्णय गरेको हो ।

यस्तै टोकियो ओलम्पिकको तयारीमा रहेका खेलाडी र खेल प्रशिक्षकको पनि १ लाख रुपैयाको कोरोना बिमा गरीने नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पिताम्बर तिम्सिनाले डिसी नेपाललाई बताए ।

कमिटिले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले राष्ट्रिय टोलीमा आवद्ध सबै खेलाडीको कोरोना बिमा गरीदिन सरकारसंग माग गरीएको उप–महासचिव तिम्सिनाले बताए ।

यस्तै ओलम्पिक कमिटीले कोरोना संक्रमित ओलम्पियन जितबहादुर केसीको स्वास्थ्य लाभको कामना गरेको छ ।

शनिवारको बैठकले कोरोना प्रभावका कारण गएको चैत देखी ठप्प रहेका खेल गतिविधिलाई चलायमान बनाउन आफ्नै मापदण्ड बनाउने निर्णय गरेको छ । विश्वस्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयद्धारा जारी मापदण्डका अतिरिक्त छुटै प्रोटोकल बनाउन डा. शरोजकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिईएको छ ।

प्रोटोकल जारी भएपछि कार्यालयको काम संगसंगै अन्य खेल गतिबिधि पनि स्वास्थ्य मापदण्ड पालना गरी संचालन गरीने एनओसीले जनाएको छ ।
https://www.facebook.com/nationalolympiccommittee/posts/3775205025827685




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *