दोस्रो जितसँगै टि–२० श्रखंला ईङल्यान्डलाई

डिसी नेपाल
२२ भदौ २०७७ १०:४१

काठमाडौं । इंग्ल्याण्डले दोस्रो टी ट्वान्टी खेलमा अष्ट्रेलियालाई छ विकेटले पराजित गरेको छ । दोस्रो टी ट्वान्टीमा जितसँगै इंग्ल्याण्डले तीन म्याचको टी ट्वान्टी श्रृखंला २–० ले जितेको छ । तेस्रो तथा अन्तिम टी ट्वान्टी खेल मंगलबार हुनेछ ।

अष्ट्रेलियाले प्रस्तुत गरेको १५८ रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन सात बल बाँकी छँदै मात्र चार विकेटको क्षतिमा पुरा गरेको हो । इंग्ल्याण्डको जितमा विकेटकीपर ब्याट्सम्यान एवम् ओपनर जोस बटलर अविजित रहनुहुँदै ७७ रनको उत्कृष्ट पारी खेले । उनले मात्र ५४ बलको सामना गर्दै आठ चौका र दुई छक्का प्रहार गरे । देवीड मलानले ४२ तथा मोइन अलिले १३ रन बनाएर अविजित रहे । अष्ट्रेलियाका लागि आश्टन एल्गरले सर्वाधिक दुई तथा मिसेल स्टार्क र एडम जाम्पाले सामान एक एक विकेट लिए ।

त्यसअघि साउथम्पटनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले कमजोर सुरुवात गर्न पुग्यो । देविड वार्नर डक आउट भएपछि अर्का ओपनर आरोन फिञ्चले संयमित पारी खेल्दै ४० रन बनाए । मार्कस स्टोनिसले ३५ र ग्लैन म्याक्सवैलले २६ रन बनाए । अष्ट्रेलियालाई औसत योगफलसम्म सीमित राख्न क्रिस जोर्डनले सर्वाधिक दुई तथा जोफ्रा आर्चर, मार्क ऊड र अदिल रशिदले सामान एक एक विकेट लिए । बटलर खेलको प्लेयर अफ द् म्याच घोषित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *