निर्णायकलाई बलले हिर्काएपछि जोकोभिच प्रतियोगिता खेल्न अयोग्य घोषित

डिसी नेपाल
२२ भदौ २०७७ ११:४६

काठमाडौं । विश्व टेनिसको शिर्ष वरियताका नोभाक जोकोभिचलाई अमेरिकामा भइरहेको युएस ओपन टेनिस प्रतियोगिता खेल्न अयोग्य घोषित गरिएको छ । प्रतियोगिताको चौथो चरणको खेल चलिरहँदा बाहिरी घेरामा बसेका निर्णायकलाई बलले हिर्काएपछि सर्वियन स्टार जोकोभिचलाई खेल अनुशासनको उलङ्घन गरेको भन्दै प्रतियोगिताबाट निकालिएको हो ।

जारी ग्राण्डस्लाम उपाधिको दावेदार मानिएका जोकोभिचलाई आफ्नै गलत कदमले १८औ पटक उपाधि जित्ने अवसरबाट विमुख हुनुपरेको छ । स्पेनका खेलाडी पाब्लो करिनो बुस्टासँग ६–५ को अवस्थामा सर्भिस गर्न गएका जोकोभिचले सर्भिस विगारेपछि खल्तिबाट अर्को बल निकालेर भुईंमा हानेका थिए । त्यही बल गएर बाहिरी घेरामा निर्णायकको जिम्मेवारी सम्हालिरहेका महिला निर्णायकको घाँटीमा लागेको थियो ।

घटना लगत्तै बसेको निर्णायकहरुको बैठकमा लामो बहस पछि जोकोभिकले जानिजानी गल्ती गरेको निष्कर्ष निकाल्दै जारी खेलका लागि अयोग्य घोषित गर्ने निर्णय भएको थियो । जोकोभिचलाई प्रतियोगिताको पुरस्कार राशी बराबरको वा अन्य सबै किसिमको जरिवाना तिराउने पनि अमेरिकी टेनिस संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *