चेन्नई सुपरकिंग्स पछि दिल्ली क्यापिटल्सका सदस्य कोरोना संक्रमित

डिसी नेपाल
२२ भदौ २०७७ १२:१७

काठमाडौं । चेन्नई सुपरकिंग्स पछि दिल्ली क्यापिटल्सका सदस्य कोरोना संक्रमित भेटिएका छन । दिल्ली क्यापिटल्सका सहायक फिजियोथेरापिस्ट कोरोना पोजिटिभ पाईएका छन। उनी हाल क्वारेन्टाइनमा रहेका छन । यसअघि उनको दुई पटक कोरोना परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो । तर उनको तेस्रो रिपोर्ट पोजेटिभ आएको छ । यसअघि चेन्नईका दुई खेलाडीसहित १३ सदस्यहरु कोरोनामा संक्रमित भएका थिए।

आइतवार लामो प्रतिक्षापछि आईपीएल २०२० को खेल तालिका सार्वजनिक भएको छ। आईपीएलको तालिका बीसीसीआई र आईपीएल गभर्नर काउन्सिलले गत महिना ३० तारिखमा जारी गर्नुपर्ने थियो तर चेन्नई सुपर किंग्स क्याम्पमा अचानक दुई खेलाडीहरु सहित १३ सदस्यहरुको कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि कार्यक्रमलाई पुनः परिवर्तन गर्नुपर्‍यो।

खेल तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ । उद्घाटन खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ । कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।

लिग चरणको २४ खेल दुबईमा हुनेछ । यस्तै २० खेल आबुधावी र १२ खेल सारजाहमा हुनेछ। प्ले अफ र फाइनल खेलको तालिका र भेन्यु भने सार्वजनिक गरिएको छैन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *