सन्दीप सम्मिलित दिल्लीको पहिलो खेल २० सेप्टेम्बरमा, यस्तो छ दिल्लीको खेल तालिका

डिसी नेपाल
२२ भदौ २०७७ १५:२३

काठमाडौं । सन्दीप सम्मिलित दिल्लीले २०२० आईपीएलको पहिलो खेल २० सेप्टेम्बरमा किंग्स ११ पंजाब बिरुद्व सुरु गर्देछ । श्रेयस अय्यरको नेतृत्वमा रहेको दिल्लीले यसपटक आफ्नो पहिलो आईपीएल उपाधि जित्ने दाउमा रहेको छ । कोरोना कालमा दिल्ली क्यापिटल्सले यो खेल उनीहरूको बेस दुबईमा बायो सेक्युरिटी बबल बिच खेल्नेछ।

दिल्लीले प्रतियोगताका सात खेल दुबई, चार खेल अबुधाबि र तिन खेल शारजाहमा खेल्नेछ । प्रतियोगिताको पहिलो खेल २० सेप्टेम्बरमा सुरुवात गर्ने दिल्लीले आफ्नो दोस्रो खेल २५ सेप्टेम्बरमा दुबईमै चेन्नई सुपर किंग्स बिरुद्व खेल्नेछ ।

दिल्लीको खेल तालिका

दिल्ली क्यापिटल्सका खेलाडीहरु : श्रेयस अय्यर (कप्तान), शिखर धवन, पृथ्वी शाह, अजिंक्य रहाणे, ऋषभ पन्त, रविचन्द्रन अश्विन, कागिसो रबाडा, मार्कस स्टोनिस, सन्दीप लामिछाने, इशान्त शर्मा, शिमरोन हेटमेयर, चेमो पल, डेनियल सेम्स, एलेक्स क्यारी, एनिच नार्टजे, अमित मिश्रा , हर्षल पटेल, मोहित शर्मा, अक्षर पटेल, अवेश खान, ललित यादव, तुषार देशपान्डे

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *