मेस्सी बार्सिलोनाको प्रशिक्षणमा सहभागी

डिसी नेपाल
२३ भदौ २०७७ ११:१४

काठमाडौं । बार्सिलोना परित्याग गर्ने आफ्नो प्रयास विफल भएपछि लियोनल मेस्सी प्रशिक्षणका लागि फिर्ता भएका छन । ३३ वर्षीय मेस्सीले दुई साता अघि बार्सिलोना समक्ष स्थानान्तरणको आग्रह बुझाएका थिए । तर गत् शुक्रबार उनले मुक्त हुन भुक्तानी गर्नुपर्ने रकम कुनै पनि टोलिका लागि असम्भव भएकोले आफू यथावत् बार्सिलोनामै बस्ने बताएका थिए ।

नयाँ प्रशिक्षक रोनाल्ड कोमनको आगमनपछि आर्जेन्टाइन फरवार्ड मेस्सी पहिलो पटक प्रशिक्षणमा सहभागी भए । बार्सिलोनाले आफ्नो ला लिगा अभियानको २७ सेप्टेम्बरका दिन भिलेरल विरुद्धको खेलसँगै सुरुवात गर्नेछ । मेस्सी अगष्ट ३० यता प्रशिक्षणमा सहभागी भएका थिएनन । २५ अगष्टमा उनी स्थानान्तरणको आग्रहसहित निवेदन बार्सिलोनालाई बुझाएपछि अनुपस्थित रहँदै आएका छन ।

बार्सिलोना र ला लिगा दुबैले मेस्सीले उल्लेख गरेका धारा औचित्यहीन भइसकेको जनाउँदै आएको थियो । उक्त धारा बमोजिम मेस्सीलाई खरिद गर्ने क्लबले ७० करोड यूरो बुझाउनुपर्ने थियो । ला लिगाका अध्यक्ष जाभियर टेबासले भने, “मेस्सी हामीसँगै रहोस् भने चाहेका छौं, फुटबल इतिहासको उनी उत्कृष्ट खेलाडी हुन र हामीले ला लिगामै आबद्ध भएर उनी आफ्नो फुटबल जिवनको अन्त्य गरोस् चाहेका छौं ।” मेस्सी करिब २० वर्षदेखि ला लिगामै आबद्ध रही फुटबल खेल्दै आएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *