टेबलटेनिस संघले खेलाडीको बीमा गर्ने

डिसी नेपाल
२३ भदौ २०७७ २१:३३

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीको कोरोना बीमा गर्ने भएको छ । संघले पुरुष र महिलातर्फका शीर्ष १६ वरियताका खेलाडीको कोरोना बीमा गर्न लागेको हो । संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यका अनुसार संघले खेलाडीहरुका साथसाथै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी, प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायरको पनि कोरोना बीमा गर्ने तयारी गरेको छ ।

सबैको जनही रु एक लाखका दरले कोरोना बीमा गरिने बज्राचार्यले जानकारी दिए । ललितपुरको हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत संघले कोरोना बीमा गर्न लागेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *