काठमाडौं उपत्यकामा थपिए ४६४ संक्रमित, २ जनाको मृत्यु

डिसी नेपाल
२४ भदौ २०७७ १६:३९

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार आज उपत्यकाका तीन जिल्लामा १४५ महिला र ३१९ पुरुष गरी थप ४६४ कोरोना संक्रमित थपिएका हुन्।

आज काठमाडौंमा ३९४ (१०४ महिला, २९० पुरुष), भक्तपुरमा ३६ (२० महिला, १६ पुरुष), ललितपुरमा ३४(२१ महिला, १३ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज काठमाडौंमा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुष रहेका छन्।

उपत्यकामा मंगलबार ३९६जनामा कोरोना पुष्टि भएको थियो। आज देशभर एक हजार ८१ जनामा कोरोना संक्रमण देखिएको छ।

हेर्नुहोस आजको कोभिड–१९ राष्ट्रिय अध्यावधिक प्रतिवेदन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *