ईङल्यान्डका खतरनाक ब्याट्सम्यान अष्ट्रेलिया बिरूद्धको ओडीआई सिरीजमा फर्किए

डिसी नेपाल
२४ भदौ २०७७ २१:५५

काठमाडौं । भर्खरै ईङल्यान्डसँग टि–२० अन्तराष्ट्रिय सिरीज गुमाएको अष्ट्रेलियाको लागि आगामि एकदिवसीय श्रृंखलाको यात्रा कठिन हुने देखिएको छ । ईङल्यान्डका सबैभन्दा भरपर्दा ओपनर जेसन रोय ईन्जुरीबाट फर्केका छन। जेसन रोयको नाम अष्ट्रेलिया विरुद्धको एकदिवसीय श्रृंखला लागि ईङल्यान्ड टोलीमा राखिएको छ। यसअघि अष्ट्रेलिया बिरूद्ध टि २० मा रोय ईन्जुरीका कारण उपस्थित थिएनन्।

महत्त्वपूर्ण कुरा जेसन रोयले चोटका कारण यसपटकको आईपीएल २०२० बाट आफ्नो नाम फिर्ता लिएका छन्। तर रोय अब फिट छन् र अष्ट्रेलिया बिरूद्ध ११ सेप्टेम्बर शुक्रबारदेखि सुरु हुने एकदिवसीय श्रृंखलामा ईङल्यान्ड टोलीको हिस्सा हुनेछन्।

यसअघिको टि २० श्रृंखलामा डेभिड मलानलाई जेसन रोयको ठाउँमा ईङल्यान्ड टोलीमा सामेल गरिएको थियो। मलानले यो अवसरको फाइदा उठाउदै टि २० अन्तर्राष्ट्रियमा नम्बर एक ब्याट्सम्यान भए। यस्तो अवस्थामा म्यान्चेस्टरमा हुने पहिलो एकदिवसीय खेलमा जेसन रोय र डेभिड मलानमा ईङल्यान्ड टोलीले कसलाई छनौट गर्नेछ । तर जेसन रोय आक्रामक शैलीका ब्याट्सम्यान हुन जसले बिपक्षी टोलीलाई पराजित गर्न सहयोग गर्नेछन ।

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *