युवराज सिंहले सन्यास फिर्ता लिने !

डिसी नेपाल
२४ भदौ २०७७ २२:२८

काठमाडौं । पूर्व भारतीय क्रिकेटर युवराज सिंहले पंजाब क्रिकेट संघ (पिसिए)को अनुरोधमा सन्यास फिर्ता लिने भएका छन । युवराजले गतबर्ष जुनमा क्रिकेटको सबै प्रारुपाबाट सन्यास लिएका थिए । युवराजलाई पिसिएका सचिव पुनित बालीले पहिलो पटक सन्यास फिर्ता लिनका लागि सल्लाह दिएका थिए ।

क्रिकबज संगको एक अन्तर्वातामा युवराजले आफुले बालीको कुरालाई एकदमै सोच बिचार गरेर यो निर्णयमा पुगेको बताए । बालीले युवराजले सन्यास फिर्ताको बारेमा बिसिसिआई अध्यक्ष सौरभ गांगुलीलाई पत्र लेखेको खुलासा गरेका छन । उनले करिब दुई हप्ता अगाडि गांगुलीलाई पत्र लेखेको र पत्रको जवाफ आईसकेको बालीले अनुमान गरेका छन ।

युवराजकी आमा शबनम सिंहले पनि युवराजले सन्यास फिर्ताको लागि पत्र लेखेको स्विकार गरेकी छिन । उनले अब २–४ दिनमा गांगुली युएईबाट फर्किएपछि युवराजको बारेमा उनीसंग छलफल गर्ने बताएकी छिन । उनले मिडियामा युवराजको सन्यास बारे आएको कुरा सत्य भएको बताएकी छिन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *