निषेधाज्ञा खुकुलो भएपछिको काठमाडौं [फाेटाेफिचर]

डिसी नेपाल
२५ भदौ २०७७ १२:५०

काठमाडौं। आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ। स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा बुधबारदेखि थप खुकुलो बनाउने निर्णय गरिएको हो।

काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आर्थिक गतिविधि सञ्चालनमा सहजीकरण गरेको हो। भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने उक्त आदेशानुसार उपत्यकामा चल्ने सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको र व्यापार, व्यवसायमा केही चलायमान बनाइएको छ।

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएसँगै जनजीवन सामान्य बन्दै गएको छ। सडकमा सवारी साधन गुड्न थालेका छन्। मानिसहरुको आवतजावत बाक्लिदैँ गएको छ। यस्तै यावत दृश्यलाई हामीले डिसीनेपाल को क्यामेरामा उतार्ने प्रयास गरेका छौं।

हेर्नुहोस् तस्वीरः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *