सरिना विलियम्स यूएस ओपनको सेमिफाइनलमा

डिसी नेपाल
२५ भदौ २०७७ १२:४८

काठमाडौं । अमेरिकी टेनिस खेलाडी सरिना विलियम्स यूएस ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छिन्। हाल विश्व वरियतामा आठौँ स्थानमा रहेकी सरिनाले सन् २०१७ मा विमल्डन ओपन खेलेयता पहिलो पटक टेनिस प्रतियोगितामा भाग लिएकी बिना वरियताकी स्वेताना पिरनकोभालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्न सफल भएकी हुन्। अब फाइनल प्रवेशका लागि सरिनाले पूर्व विश्व नम्बर एक भिक्टोरिया अजारेन्कासँग प्रतिस्पर्धा गर्नेछिन्।

त्यस्तै पुरूष एकलतर्फ, अघिल्लो वर्षका उपविजेता ड्यानिएल मेदभेदेभ सेमिफाइनलमा प्रवेश गरेका छन्। हाल विश्व वरियतामा तेस्रो स्थानमा रहेका रुसी खेलाडी मेदभेदेभले अर्का रुसी खेलाडी र हाद विश्व वरियतामा १० ‍औँ स्थानमा रहेका एन्ड्रे रुबलेभलाई ७–६, ६–३ र ७–६ को सेटमा हराएका हुन्। मेदभेदेभले आगामी चरणमा विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डमिनिक टियमसँग प्रतिस्पर्धा गर्नेछन् । यूएस ओपनमा अब बाँकी रहेका पुरुष खेलाडीमध्ये टियम सबैभन्दा शीर्ष वरियताका खेलाडी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *