क्यानद्वारा २२ क्रिकेट खेलाडीहरुलाई तलब वितरण

डिसी नेपाल
२५ भदौ २०७७ १३:३३

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सम्भौतामा रहेका २२ क्रिकेट खेलाडीहरुको तलब वितरण गरेको छ । क्यानले सन २०१९ मा सम्भौतामा रहेका बिभिन्न श्रेणीमा रहेका खेलाडीहरुलाई तलब वितरण गरेका हो । साथै क्यानले सम्भौता भन्दा दश हजार बढी रकम प्रत्येक खेलाडीहरुको खातामा जम्मा गरेको छ ।

क्यानको ए श्रेणीको खेलाडीमा राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण के.सी., सन्दीप लामिछाने, शरद् भेषवाकर र सोमपाल कामी रहेका छन ।

क्यानको बि श्रेणीको खेलाडीहरुमा अबिनाश बोहोरा, आरिफ शेख, बसन्त रेग्मी, ललित नारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप जोरा र सुशान भारी रहेका छन ।

त्यस्तै क्यानको सी श्रेणीको खेलाडीहरुमा ईशान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदिप ऐरी, राजु रिजाल र रसिद खान रहेका छन ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *