‘कोरोनाभाइरस प्राकृतिक होइन, चीनले ल्याबमा बनाएको हो’–चिनियाँ वैज्ञानिकको दावीले हंगामा

डिसी नेपाल
२७ भदौ २०७७ १४:४४

काठमाडौं। कोरोनाभाइरस चीनले आफैं बनाएको र यो जैविक हतियार हुन सक्ने आशंका धेरै पहिलेदेखि गरिएको हो । चीनमाथि पश्चिमी देशहरुले यस्तो आरोप लगाए पनि चीनले यसलाई अस्वीकार गर्दै आइरहेको छ । तर, अहिले चीनकी एक वैज्ञानिकले कोरोनाभाइरस चीनले वुहानको प्रयोगशालामा बनाएको र आफूसँग यसको प्रमाण भएको दावी गरेर विश्वभर सनसनी मच्चाएकी छिन् । यी महिला भाइरोलोजिस्ट चीन सरकारले आफूलाई ज्यान मार्ने धम्की दिएको र आफू चीनमा असुरक्षित भएको भन्दै चीनबाट भागेर अमेरिकामा शरण लिएर बसेकी छिन् ।

भाइरोलोजिस्ट लि मेंग यानले आफूसँग कोरोनाभाइरस मानव निर्मित हो भन्ने प्रमाणित गर्न आफूसँग पर्याप्त प्रमाण रहेको र यी प्रमाणहरु सार्वजनिक गर्ने बताएकी छिन् । बेलायती टक शो ‘लूज वुमेन’लाई दिएको एक अन्तरवार्तामा उनले चीन सरकारमाथि गम्भीर आरोप लगाउँदै यो भाइरसको विषयमा चीनले धेरै कुरा लुकाइरहेको बताइन् । ‘म दावीका साथ भन्न सक्छु यो चीनद्वारा मानवनिर्मित भाइरस हो । मसँग यसको प्रमाण छन् र म यो कुरा प्रमाणित गरिदिन्छु ।’

लि मेंगले कोरोनाभाइरस चीनको वुहान शहरको मासु बजारबाट नआएको दावी गरिन् । उनले वुहानको मासु बजार एक स्मोक स्क्रिन भएको र कोरोनाभाइरस प्रकृतिको देन नभएको दावी गरिन् । जब लि मेंगसँग यो भाइरस वुहानको मासु बजारबाट नआएको भए यसको उत्पत्ति कसरी भयो भनेर सोध्दा लि मेंगले जवाफमा भनिन् ‘यो खतरनाक भाइरस वुहानको प्रयोगशालाबाट आएको हो र यो मानव निर्मित हो । उनको पूरा अन्तरवार्ता तल हेर्नुहोस् –

लि मेंगले यो भाइरसको जीनोम अनुक्रम एक मानव फिंगर प्रिन्टजस्तै भएको र यसको आधारबाटै उनले यो भाइरस मानव निर्मित भएको प्रमाणित गरिदिने बताइन् । उनले कुनै पनि भाइरसमा मानव फिंगर प्रिन्टको उपस्थिति यो भाइरसको उत्तपत्ति मानवद्वारा गरिएको हो भन्ने बताउनको लागि पर्याप्त भएको बताइन् । लि मेंगले भनिन् ‘भलै तपाइँसँग जीव विज्ञानको ज्ञान नहोला वा तपाइँ यसलाई पढ्नुहुन्न तर पनि तपाइँ यसको आकारबाट यसको उत्तपत्तिको पहिचान गर्न सक्नुहुन्छ ।’

अनतरवार्ताको क्रममा उनले चीन सरकारमाथि गम्भीर आरोप लगाउँदै भनिन् ‘धम्कीपछि म हङकङ छोडेर अमेरिका गएँ तर केरो सबै निजी जानकारी सरकारी डाटाबेसबाट मेटाइयो र मेरा साथीहरुसँग मेरो बारेमा गलत हल्ला फैलाउन भनियो ।’ उनले अगाडि भनिन् ‘सरकार मलाई झुटो प्रमाणित गर्नको लागि विभिन्न किसिमका उपायहरु अपनाइरहेको छ र हत्या गरेको सम्मको आरोप लगाएको छ तर म आफ्नो लक्ष्यबाट पछाडि हट्नेवाला छैन ।’

लि मेंगका अनुसार उनी कोरोनाभाइरसबारे सबैभन्दा सुरुमा अध्ययन गर्ने वैज्ञानिकहरुमध्येकी एक थिइन् । डिसेम्बर २०१९ को अन्त्यमा उनको दावी थियो कि उनलाई विश्वविद्यालयमा उनका पर्यवेक्षकले सार्स जस्ता केसमा भाइरसहरुको एक विषम समूहको अध्ययन गर्नको लागि भनेका थिए जो चीनमा उत्पन्न भएको थियो । उनले भगाडि भनिन् ‘म हरेक चुनौतीको सामना गर्नको लागि तयार छु र छिटै प्रमाणित गरिदिनेछु कि यो भाइरस मानव निर्मित हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *