तामाङ समाज यूएईको नयाँ अध्यक्षमा घिसिङ

डिसी नेपाल
२७ भदौ २०७७ २१:२०

अबुधाबी। यूएईमा रहेका तामाङ समुदायको साझा संस्था तामाङ समाज यूएईको आठौं सम्मेलन सम्पन्न भएको छ। कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट आयोजित सम्मेलनले सनिल घिसिङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

सम्मेलनले नवगठित कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र तामाङ, डिल्लीराम तामाङ र अभ्रिल मोक्तान तामाङ, सचिवमा नविन दोङ तामाङ, सचिव (सांस्कृतिक)मा हरि मोक्तान, सचिव (व्यवस्थापन)मा सोम तामाङ, सचिव (पब्लिक रिलेसन)मा सन्दिप ग्याबा तामाङ, कोषाध्यक्षमा पदम तामाङ र महिला विभाग प्रमुखमा ओशिन ब्लोन तामाङलाई चयन गरेको छ।

यस्तै सदस्यहरुमा प्रताप सिंह तामाङ, बिरबहादुर लामा, अमर लामा, राज वाइवा, दावा लामा स्याङबो, खिला बहादुर स्याङबो र सोनु थोकर चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष घिसिङले आगामी दिनमा यूएईमा छरिएर रहेका सम्पूर्ण तामाङ समूदायलाई एक ढिक्का बनाउँदै यसअघिको कार्यसमितिले शुरु गरेका अभियानलाई अझ सशक्त बनाउँदै लैजाने बताए।

सन् २००५ मा यूएईमा रहेका तामाङ समुदायको हकहित स्थापना, जातीय कला संस्कृतिको जर्गेना तथा समस्या समाधानको उद्देश्यले गठन भएको तामाङ समाज यूएईले विभिन्न सामाजिक कार्यमा पनि आफूलाई अग्रस्थानमा उभ्याउँदै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *