दोहाबाट काठमाडौंका लागि थप उडान तय

डिसी नेपाल
२९ भदौ २०७७ १६:२०

काठमाडौं । कतारकाे दोहाबाट काठमाडौंको लागि थप उडान तय भएको छ । नेपाल एयरलाइन्सको दोहा काठमाडौं सेक्टरका लागि केही उडानहरु थप भएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

यसरी थप भएका उडानहरु मध्ये भदौ ३०, ३१ र असोज १ गतेको लागि यसअघि दूतावासद्वारा नाम प्रकाशित भइ विभिन्‍न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकट लिइसकेको दूतावासले जनाएकाे छ ।

यस्तै असोज ६, ८ र ९ गतेका लागि पनि नेपाल एयरलाइन्सका थप उडान हुने भएकाे छ  । सूचीमा नाम समावेश भएका व्यक्तिहरुले हवाई टिकटका लागि सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्न पनि दूतावासले जनाएको छ ।

यसरी स्वदेश फर्किने यात्रुहरुले कोरोना परीक्षण गरेको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट साथमा राख्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *