साइप्रसमा आत्महत्या गरेकी नेपाली महिलाको पहिचान खुल्यो
काठमाडौं। साइप्रसमा आत्महत्या गर्ने नेपाली महिलाको पहिचान खुलेको छ। एनआरएनए साइप्रसका अनुसारका उनी रयाले–१ पनौति काभ्रेकी ४४ वर्षीया मिना तामाङ हुन्।
तामाङले सेप्टेम्बर १३ तारिख आइतबार स्थानीय समयअनुसार बेलुका ५ बजे लारनाकास्थित लिभादिया भन्ने ठाउँमा आत्महत्या गरेकी हुन्। स्थानीय प्रहरीले तयार पारेको मुचुल्कामा उनले आत्महत्या गरेको पुष्टी गरिएको छ। उनको मेडिकल रिपोर्टसमेत आइसकेको छ। उनी रोजगारीको लागि १४ महिना अघि साइप्रस पुगेकी थिइन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment