असोज ५ बाट आन्तरिक उडान तथा, लामो दुरीको यातायत सञ्चालनमा गरिने

डिसी नेपाल
२९ भदौ २०७७ २१:१८
4
Shares

कामठाडौं। गएको चैत ११ मा देश व्यापी लकडाउनपछि रोकिएको आन्तरिक हवाई उडान र लामो दुरीको सार्वजनिक यातायात आगामी असोज ५ बाट सञ्चालन हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक मापदण्ड बनाएर आन्तरिक उडान तथा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।

सोमबार नै मन्त्रिपरिषद बैठक बस्नुअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आन्तरिक उडान र लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्नेबारे निर्णय गर्न सिफारिस गरेको थियो।

स्रोतका अनुसार आवश्यक सुरक्षा मापदण्ड बनाएरमात्र यी सेवाहरु सञ्चालन हुनेछन्। स्रोतका अनुसार विमानस्थलमा यात्रु ज्वरो नाप्ने, आजाको व्यवस्था आफै गर्नुपर्ने, हातमा स्यानिटाइजर हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *