वैकल्पिक सिकाई : सफल भएको सरकारको दाबी, प्याब्सन भन्छ ६२ लाख विद्यार्थी पहुँच बाहिर

तर्कबहादुर थापा
३० भदौ २०७७ १०:३८

काठमडौं। सरकारले वैकल्पिक सिकाई प्रभावकारी भएको दावी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका प्रवक्ता दिपक शर्माले डिसी नेपालसँग कुरा गर्दै सरकारले ल्याएको ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका– २०७७’ अनुसार वैकल्पिक सिकाई प्रभावकारी भएको जनाएका छन्।

उनले विद्यार्थीको पहिचान अभिलेखिकरण तथा वर्गीकरण गरी ५ तरिकाको वैकल्पिक सिकाई पद्धतिले समग्र विद्यार्थीहरु सिकाइको पहुँचमा रहेको जनाए।
उनले भने, ‘ हामीले विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ जारी गरेका छौं। निर्देशिका अनुसार विद्यार्थी समूहहरु छुट्याएर वैकल्पिक सिकाईलाई प्रभावकारी बनाएका छौं।’

निर्देशिका अनुसार रेडियो र एफएम रेडियोको पहुँचमा भएका विद्यार्थीहरु, टेलिभिजनको पहुँचमा भएका विद्यार्थी समूह, कम्यूटर भएको तर अनलाइन कनेक्टिभिटी नभएको विद्यार्थी समूह, इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीको समूह र सबै किसिमको प्रविधिको पहुँच बाहीर रहेका विद्यार्थी समूह गरी ५ प्रकारले विद्यार्थी सिकाई गर्न सकिने भनि छुट्याइएको छ।

६२ लाख विद्यार्थी वैकल्पिक सिकाई पहुँच बाहिर : प्याब्सन

प्राइभेट तथा बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टिकाराम पुरीले भने अझै पनि ६२ लाख विद्यार्थीहरु सिकाईको पहुँच बाहिर रहेको जनाएका छन्। डिसी नेपालसँगको कुराकानीमा उनले जम्मा १० लाख विद्यार्थीमात्र बैकल्पिक सिकाईको पहुँचमा रहेको दाबी गरे।

उनले भने, ‘कतिपय अविभावकले ग्याजेट (प्रविधि) नै प्रयोग गर्न जान्नुभएको छैन। कतिपय गाउँ फर्किनु भएको छ। कतिपयले यो बैकल्पिक सिकाईलाई नबुझेकै कारण विद्यार्थीलाई समाबेस गर्नु भएको छैन। यी र यस्तै समास्याका कारण हालसम्म निजी र सामूदायिक विद्यालयका गरी करिव ६२ लाख विद्यार्थीहरु सिकाइको पहुँच बाहिर छन्। मात्र १० लाखले सिकाई गरिरहेको हाम्रो तथ्यांक छ।’

शैक्षिक सत्र नै क्लाप्स हुन्छ होला भन्ने सोचले पनि धेरैले पठनपाठनमा ध्यान नदिएको उनको भनाइ छ। उनले शैक्षिक सत्र बैसाखदेखि नै सुरु भएको र कतिपय विद्यालयले ३० प्रतिशत पढाई सकाइसकेको समेत जानकारी दिए।

‘निजी विद्यालयको कुरा गर्नुहुन्छ भने करिव ३० प्रतिशत पढाई सकाई सकेका छन्,’ उनले भने, ‘विद्यालयहरुले वैशाखदेखि नै अन्लाइन पठनपाठन सुरु गरेका छन्।’
विद्यालयबाट बाहिर गएका र बैकल्पिक सिकाईको पहुँचमा नरहेका विद्यार्थीहरुलाई एसइइ र बोर्डबाट हुने मूल्यांकन ७० प्रतिशत पाठ्यक्रमबाट मात्र हुने र विद्यालयले गर्ने मूल्यांकन भने पढाएको पाठ्यक्रम अनुसार हुने उनले जानकारी दिए।

अनलाइन सिकाई सबैभन्दा उत्तम भएको बताउँदै अध्यक्ष पुरीले करिव ३० प्रतिशत निजी विद्यालयहरु बन्दहुने अवस्थामा पुगेको जानकारी दिए।

शत प्रतिशत नै पढाइ रहेका छौं : सुनिल प्रधान, भाइस प्रिन्सिपल क्याम्पीयन स्कुल

क्याम्पीयन स्कुलका भाइस प्रिन्सीपल सनिल प्रधान भने आफूहरुले अन्लाईनका माध्यामबाट शतप्रतिशत नै सिकाई गराई रहेको बताउँछन्। उनले पढाई शतप्रतिशत गरिएता पनि विद्यार्थीबाट उठाइने फिस उनठाउन नसकेको कारण कर्मचारीको तलब भने असार यता ७० प्रतिशतमात्र दिँदै आएको बताए।

उनले भने, ‘हामीले बैशाखदेखि नै पढाइ रहेका छौं। बैशाख र जेष्ठमा शत प्रतिशत तलब पनि दिएका थियौं। तर, असारपछि भने टिचरहरुलाई ७० प्रतिशत र टिचर बाहेकका अफिस आउने कर्मचारीलाई पनि ७० प्रतिशत नै तलब दिने व्यवस्था गरेका छौं। तर, अफिस नआउने र टिचरबाहेकका कर्मचारीलाई भने ५० प्रतिशत तलब दिँदै आएका छौं।’

निर्देशिका नआइपुगेका कारण हामीले कुनै पनि शीर्षकमा फिस नलिएको उनले जानकारी दिए। उनले भने, ‘कुनै पनि शीर्षकमा फिल लिएका छैनौं। तर, अविभावकबाट अग्रिम डिपोजिट भनि सहयोग मागेका छौं। सक्नेले गर्नु भएको छ। नसक्नेले गर्नु पनि भएको छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *