काठमाडौं उपत्यकामा थपिए ७३७ संक्रमित, २ जनाको मृत्यु

डिसी नेपाल
३१ भदौ २०७७ १७:०३

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २५३ महिला र ४८४ पुरुष गरी थप ७३७ कोरोना संक्रमित थपिएका हुन्।

आज काठमाडौंमा ६५२ (२१६ महिला, ४३६ पुरुष), भक्तपुरमा २५ (१३ महिला, १२ पुरुष), ललितपुरमा ६० (२४ महिला, ३६ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ७१ र ७४ वर्षिया महिला रहेका छन्।

आज देशभर एक हजार ५३९ जनामा कोरोना संक्रमण देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *