भारतलाई चीनको चेतावनी : चिनियाँ सेनासँग नउल्झिनू

डिसी नेपाल
३१ भदौ २०७७ १८:०६
12
Shares

बेइजिङ (एजेन्सी)। सीमा क्षेत्रमा तनावका बीच चीनले भारतलाई कडा चेतवानी दिएको छ। कडा भाषाको प्रयोग गर्दै चीनले भारतलाई चेतावनी दिएको हो। चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोवल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले भारतलाई तत्कालन गलत गतिविधि बन्द गर्न भनेका छन्। उनले वास्ताविक नियन्त्रण रेखामा भएको संघर्षमा भारत जिम्मेवार रहेको बताएका छन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले मंगलबार भारतीय संसदमा चीनसँगको विवादबारे बोल्दै चीनले भारतीय भूमिमा घुसपैठ गरेको आरोप लगाएपछि चिनियाँ भनाई आएको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘भारतले द्वीपक्षीय सहमतिको उल्लंघन गरेको छ। उनीहरुले अवैध तरिकाले सीमा पार गरेर उक्साएका छन्। सीमा क्षेत्रमा एकतर्फी कारबाही गरेर यथास्थितिलाई परिवर्तन गरिएको छ। र चिनियाँ सेनालाई धम्कि दिन गोली चलाए।’

सीमा तनावकै कारण एकपटक युद्ध गरिरसेका भारत र चीन फेरि युद्धकै अवस्थामा पुग्न थालेको विश्लेषकहरुले चर्चा गरेका छन्। गएको मेदेखि भारत र चीनबीच सीमा क्षेत्रमा तनाव भइरहेको छ। जुन १५ मा भएको झडपमा २० जना भारतीय सैनिक मारिएका थिए। भने सेप्टेम्बर ७ मा सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक गोली चलेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *