बारबाडोसले महारानी एलिजाबेथ द्वितीयलाई राष्ट्रप्रमुख पदबाट हटाउने

डिसी नेपाल
१ असोज २०७७ १४:३८

काठमाडौं। क्यारेबियन द्विप बारबाडोसले महारानी एलिजाबेथ द्वितीयलाई आफ्नो राष्ट्रको राष्ट्रप्रमुख पदबाट हटाउने भएको छ । बारबाडोसले अब आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गर्ने भएको हो । बुधबार एक शीर्ष अधिकारीले भने ‘क्यारेबियन द्विपले महारानी एलिजाबेथलाई आफ्नो राज्यको प्रमुख पदबाट हटाउन चाहन्छ ।’ त्यहाँका नागरिकले बारबाडोसले आफ्नो औपनिवेशिक विगतलाई पछाडि छोडेर एक गणतन्त्र राष्ट्र बन्नुपर्ने माग राखेका छन् ।

बीबीसीका अनुसार १९६६ मा स्वतन्त्रता प्राप्त गरेको यो पूर्व बेलायती उपनिवेशले अझै पनि बेलायती राजतन्त्रसँग सम्बन्ध कायमै राखेको छ । यो देशको जनसंख्या केवल ३ लाख छ । बारबाडोसकी गभर्नर जनरल सेन्ड्रा मेसनले भनिन् ‘अब हामीले हाम्रो औपनिवेशिक विगतलाई पूर्ण रुपमा पछाडि छोड्ने समय आएको छ ।’ बारबाडोसका नागरिकले एक बारबाडियन राष्ट्रप्रमुख चाहेको बताउँदै मेसनले हामी को हौं र हामी के हासिल गर्न सक्षम छौं भन्ने नै विश्वासको अन्तिम कथन भएको बताइन् ।

मेसनले भनिन् ‘त्यसैले बारबाडोसले पूर्ण सम्प्रभुताको दिशामा अघिल्लो तार्किक कदम उठाउनेछ र जबसम्म हामीले आफ्नो स्वतन्त्रताको ५५ औं वार्षिकोत्सव मनाउँछौं तबसम्म एक गणतन्त्र राष्ट्र बन्नेछौं ।’ गणतन्त्र बन्ने विचार विभिन्न सरकारहरुले विगतका दशकमा पनि राखेका थिए । हालै औपनिवेशिक मूर्तिहरु हटाउन सरकारले ढिलाइ गरेको भन्दै यहाँका नागरिकले निराशा व्यक्त गरेका थिए ।

१८१३ मा निर्मित एडमिरल लर्ड नेल्शनको मूर्ति अहिले पनि राजधानी ब्रिजटाउनको ब्रड स्ट्रिटमा स्थित छ । यसलाई गत महिना मात्र हटाउने निर्णय गरिएको थियो । विश्वभरका विभिन्न देशहरुले सार्वजनिक स्थानबाट यस्ता मूतिृहरु हटाउन सुरु गरेका थिए किनकि नश्लवाद र औपनिवेशिक शक्तिहरुविरुद्ध विरोध बढेको थियो । बारबाडोसमा प्रधानमन्त्रीका प्रेस सचिव रोय आर मरिसले रोयटर्सको प्रश्नको उत्तर दिँदै भनेका थिए ‘द्विपका राजनेताहरुले लामो समयदेखि गरिएको बाचा पूरा गर्नुका साथै नयाँ सिराबाट गणतन्त्र बन्ने समयको लागि कुनै विशेष उद्देश्इ थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *