गत २४ घण्टामा १२४६ कोरोनाका संक्रमित थपिए

डिसी नेपाल
१ असोज २०७७ १६:३५

काठमाडौं। गत २४ घण्टामा १ हजार २ सय ४६ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। यो सँगै नेपालमा १६ हजार २ सय ४१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन्। हालसम्म नेपालमा ५९ हजार ५ सय ७३ जना काेराेनाबाट संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रिय संक्रमित मध्ये ७ हजार ९ सय ३ जना संस्थागत आइसोलेसनमा र ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा करिव ७२ प्रतिशतले कोरोना जितेको बताएका छन्। उनका अनुसार गत २४ घण्टामा १ हजार २ सय ४३ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेका छन्। योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ।

गत २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर पद्धतिबाट कोरोना परीक्षण गरिएको छ। हालसम्म ८ लाख ८२ हजार ९ सय १५ जनाको पीसीआर पद्धतिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

डिस्चार्ज हुनेहरुमा प्रदेश १ मा ३ हजार ७८ सय ७१, प्रदेश २ मा ११ हजार ७ सय १७, बागमती प्रदेशमा ९ हजार ४ सय ११, गण्डकी प्रदेशमा २ हजार ४ सय ६४, प्रदेश ५ मा ६ हजार ८ सय ७१, कर्णाली प्रदेशमा २ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५ जना रहेका छन्। उनका अनुसार हालसम्म ७ हजार ८ सय ८३ जना क्वारेन्टाइनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *