साइप्रसमा हत्या भएका विवेक र दुर्घटनामा ज्यान गुमाएकी रेनुकाको शव नेपाल पठाइँदै

डिसी नेपाल
२ असोज २०७७ १३:५९

काठमाडौं । साइप्रसमा ज्यान गुमाएका २ जना नेपालीको शव काठमाडौं पठाउन लागिएको छ । छुट्टाछुट्टै कारणले ज्यान गुमाएका चितवनका विवेक अमगाइ र धादिङकी रेनुका कोइरालाको शव नेपाल पठाउन लागिएको हो ।

शुक्रबार स्थानीय समयअनुसार दिउँसो १.२० बजे कतार एयरलाइन्सको जहाजमार्फत उनीहरुको शव काठमाडौं पठाउन लागिएको एनआरएनए साइप्रसले जनाएको छ ।

गत ५ मेमा साइप्रसको राजधानी निकोसिया नजिक इभिचिउ भन्ने गाउँमा एउटै फ्ल्याटमा बस्दै आएका नेपाली विद्यार्थीबीच घरको विषयलाई लिएर विवाद भएपछि चितवन रत्ननगर नगरपालिका वडा नं. १२ जमुनापुर गाउँका २१ वर्षीय विवेक अमगाइको हत्या भएको थियो ।

त्यस्तै २६ जुलाइ आइतबार राति करिब २.२० बजे काम सकेर कोठा फर्किने क्रममा मोटर साइकल दुर्घटनमा परेकी धादिङकी रेनुका कोइरालाको निकोसियास्थित अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको थियाे । उनी अध्ययनको लागि त्यहाँ पुगेकी थिइन् । लकडाउनका कारण लामो समयसम्म उनीहरूको शव उतै रोकिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *