आइओएमको सहयोगमा साइप्रसबाट ६३ नेपाली निःशुल्क स्वदेश फर्किए

डिसी नेपाल
२ असोज २०७७ १४:०६

काठमाडौं । साइप्रसमा अलपत्र परेका ६३ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरु शुक्रबार स्थानीय समयअनुसार राती ११.२० बजे लार्नाका अन्तर्राष्ट्रिय विमानस्थल गेलिस्टेयरको विमानमार्फत दिल्लीी हुँदै स्वदेश फर्किएका हुन् ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन साइप्रससँगको समन्वयमा निःशुल्क नेपाल फिर्तीको व्यवस्था मिलाइएको हो।

फिर्ती प्रक्रियामा सघाउने आइओएम साइप्रस, साइप्रसका लागि नेपाली अवैतनिक वाणिज्यदूत डा.राम जीवन पन्जियार तथा एनआरएनए साइप्रसका पदाधिकारीहरुलाई इजरायलस्थित नेपाली दूतावासले धन्यावाद दिएको छ। साइप्रस मामिला पनि इजरायलस्थित नेपाली दूतावासले हेर्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *