विश्वकै सबैभन्दा अग्लो टावर बुर्ज खालिफामा आज साँझ नेपाली झण्डा फहराइने

डिसी नेपाल
३ असोज २०७७ १६:०९

काठमाडौं । नेपालले विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खालिफामा आज साँझ नेपाली झण्डा फहराउने भएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार साँझ  यूएईको दुबईमा रहेको विश्वकै अग्लो भवनमा नेपाली झण्डा फहराउन लागिएको हो।

बुर्ज खलिफामा नेपाली झण्डा फहराउन लागिएको यो दोस्रो पटक हो । यसअघि अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा नेपालले बुर्ज खालिफामा आफ्नो राष्ट्रिय झण्डा फहराएको थियो ।

यूएईको स्थानीय समयअनुसार साँझ ८ बजे ९ नेपाली समय ९ बजेर ४५ मिनेटमा० झण्डा फहराउन लागिएको दूतावासले जनाएको छ । त्यस्तै सोही समयमै आबुधाबीस्थित नेशनल आयल कम्पनीको भवनमा समेत नेपाली झण्डा झलमलाउन लागिएको दूतावासले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *