मुम्बइकी प्रतिष्ठित महिलाको घरमा काम गर्ने नेपालीले गरे आत्महत्या

डिसी नेपाल
४ असोज २०७७ ११:४४

काठमाडौं। मुम्बइकी एक प्रतिष्ठित महिलाको घरमा काम गर्ने एक नेपालीले आत्महत्या गरेका छन् । मुम्बइको मालाबार हिलमा नेपियन सी रोडमा बस्ने सोसाइटीकै सबैभन्दा प्रतिष्ठित मानिने महिला दुर्गा चुलानीको घरमा काम गर्ने नेपालीले आत्महत्या गरेका हुन् । पुलिसले शनिबार बताएअनुसार भोजराज जयबहादुर थापाले बिहीबार आत्महत्या गरेका हुन् ।

मुम्बइ मिररले पुलिसलाई उद्धृत गर्दै लेखेअनुसार थापाले त्यहाँको एम्बेसी अपार्टमेन्ट्समा रहेको दुर्गा चुलानीको घरमा ड्राइभर र घरेलु कामदारको रुपमा काम गर्थे । पुलिसले जयबहादुर डिप्रेसनबाट ग्रस्त भएको हुन सक्ने अनुमान गरेको छ । ‘हामीले पाएको जानकारी अनुसार उनी धेरै पिउँथे । बिहीबार अर्का ड्राइभर घरमा पुग्दा उनी किचनमा झुण्डिएका थिए’ एक पुलिस अधिकारीले मुम्बइ मिररसँग भने ।

पुलिसका अनुसार उनले बेल्टको प्रयोग गरेर आतमहत्या गरेको देखिएको छ । घटनास्थलबाट कुनै सुसाइड नोट बरामद भएको छैन । चुलानी परिवारका एक मित्रले बताएअनुसार जयबहादुरले चुलानी परिवारको लागि निकै वर्ष अगाडिदेखि काम गर्दै आएका थिए । दुर्गा चुलानीलाई शहरकै सबैभन्दा प्रतिष्ठित महिलामध्येकी एक मानिन्छ । उनी समाजसेवी अञ्जु चुलानीकी आमा हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *