गत २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेहरुमा सबैभन्दा बढी भारतमा
काठमाडौं। गत २४ घण्टामा भारतमा सबैभन्दा बढी कोरोनाका संक्रमितहरु भेटिएका छन्। वल्र्डोमिटरको तथ्याङ्क अनुसार भारतमा गत २४ घण्टामा ७४ हजार ४ सय बढी कोरोनाका संक्रमितहरु भेटिएका हुन्। यो संगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ५५ लाख ६० हजार बढी पुगेको छ। भारतमा हालसम्म कोरोनाका कारण ८८ हजार ९ सय बढीको मृत्यु भएको छ भने गत २४ घण्टामा १ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्।
विश्वभरीमा कोरोना संक्रमितको संख्या सर्वाधिक भएको अमेरिकामा भने गत २४ घण्टामा ३६ हजार बढीमा संक्रमण भेटिएको छ। हालसम्म अमेरिकामा कोरोनाका ७० लाख ४५ हजार संक्रमितहरु रहेका छन्। गत २४ घण्टामा ३५७ जनाले कोरोनाका कारण ज्यान गुमाएको अमेरिकामा हालसम्म २ लाख ४ हजार ४ सय बढीले ज्यान गुमाई सकेका छन्।
अमेरिकापछि ब्राजिलमा २४ घण्टामा १५ हजार ४ सय बढी संक्रमितहरु थपिएका छन्। संक्रमितको संख्यामा तेस्रो स्थान र मृत्यु हुनेको संख्याको आधारमा दोस्रो स्थानमा रहेको ब्राजिलमा कोरोनाका ४५ लाख ६० हजार संक्रमित रहेका छन्। धेरैपछिमात्र संक्रमण सुरु भएको भारतमा ब्राजिलको भन्दा १० लाख संक्रमितहरु धेरै रहेका छन्।
ब्राजिलमा ४५ लाख ६० हजार संक्रमित छन भने भारतमा ५५ लाख ६० हजार कोरोनाका संक्रमितहरु रहेका छन्। ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार बढी रहेको छ। गत २४ घण्टामा मात्र ब्राजिलमा ४ सय ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment