काठमाडौं उपत्यकामा थपिए ६४७ संक्रमित, १ जनाको मृत्यु
फाइल फाेटाे।
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २२२ महिला र ४२५ पुरुष गरी थप ६४७ कोरोना संक्रमित थपिएका हुन्।
आज काठमाडौंमा ५११ (१७३ महिला, ३३८ पुरुष), भक्तपुरमा ६३ (२२ महिला, ४१ पुरुष) ललितपुरमा ७३ (२७महिला, ४६ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका ५० वर्षिया पुरुष रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment